सुर्खेत । कर्णाली राजमार्ग अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण कालीकोटको शुभकालिका-१ को गगनेखोलामा आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक अर्जुन केसीका अनुसार निरन्तर परेकाे वर्षाका कारण सडक खुलाउन समस्या रहेको जानकारी दिएका छन्।
उनले भने,` मेसिन तयारी अवस्थामा राखेका छाैं । पानी पर्न बन्द भयाे भने सडक खुलाउने कार्य गर्ने छाैं । पुरानो सडक बगाएका कारण नयाँ ट्रयाक खाेल्नु पर्ने अवस्था रहेकाे छ।`
सडक अबरुद्ध भएसँगै सयौँ यात्रुहरू अलपत्र परेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1