सुर्खेत। कर्णाली प्रदेशका सात स्थानीय तहका तीन सय कृषकलाई उद्यमशीलता सीप प्रदान गर्ने लक्ष्यका साथ पाँचदिने आवासीय बुटक्याम्प सोमबार सुर्खेतमा सुरु भएको छ।
बुटक्याम्प युथ इनोभेसन ल्याबद्वारा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सातस्थानीय सरकारसँगको सहकार्यमा आयोजना गरिएको हो। यसले साना कृषकहरूलाई बृहत तालिम, कृषि सम्बन्धि सल्लाह तथा बजार र स्रोतहरूमा पहुँच प्रदान गर्दै सीप विकास कार्यक्रमहरुमा विद्यमान रहेको खाडललाई पुरा गर्ने लक्ष्य राखेको छ।
यो बुटक्याम्प“कर्णालीमा स्थानीय कृषि-खाद्य प्रणालीको सुदृढीकरणका लागि व्यावसायिक प्रवद्र्धन” परियोजना अन्तर्गत आयोजना गरिएको हो।

ल्याब र अन्तरराष्ट्रिय गैरसरकारी संस्था वेल्टहंगरहिल्फेद्धारा कार्यन्वयन गरिएको यो परियोजना अन्तरराष्ट्रिय संस्था जिआईजेडकोग्रेप परियोजनाको हिस्सा हो। ग्रेप परियोजनाले वातावरणीय रूपमा दिगो व्यवसायहरू सिर्जना गर्न केन्द्रित हुदै कृषकहरुलाई व्यवसाय प्रवद्र्धन सेवा प्रदान गरी कर्णाली प्रदेशमा हरित बजारहरू बढाउने उद्देश्य लिएको छ।

परियोजना सुर्खेत र दैलेख जिल्लाका बराहताल, भेरीगंगा, वीरेन्द्रनगर, भगवतीमाई, भैरवी, दुल्लु र नौमुले पालिकामा कार्यान्वयन भइरहेको छ । ग्रेप परियोजनालाईयुरोपेली संघ, फिनल्याण्डको पररास्ट्र मन्त्रालय र जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले आर्थिक सहयोग गरेका छन्।
बुटक्याम्पको पहिलो चरणमा एक सय ५० जना कृषकका लागि जेष्ठ १४ देखि १८ सम्म तय गरिएको छ भने दोस्रो चरणको बुटक्याम्प पनिएक सय ५० जना सहभागी हुने गरी जेष्ठ २१ देखि २५ सम्म आयोजना हुनेछ। बुटक्याम्पमा सहभागी हुनका लागि वेवसाइटबउउथि।mभचयपजभतष्।यचन मार्फत अनलाइन आवेदन माग गरिएको थियो। अनलाइमार्फत प्राप्त चार सय ३१ आवेदकहरूबाट तीन सयजना सहभागी छनोट गरिएको थियो। कुल सहभागी मध्येदुई सय ३६ जना महिला छन् भनेएक सय ३५ जना अल्पसंख्यक तथा दलित समुदायको प्रतिनिधित्व रहेको छ।

“यो बुटक्याम्पले साना किसानहरूलाई आवश्यक सीप र ज्ञान दिने अवसर प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु। किसानहरूलाई सशक्त बनाउँदै समग्र कर्णाली प्रदेशको दिगो कृषि विकासमा योगदान पुर्याउने  मन्त्रालयको लक्ष्यलाई यस्ता कार्यले मूर्त रुप दिने विश्वास छ,”सुर्खेतस्थित कृषि विकास निर्देशनालयका निर्देशक चित्र बहादुर रोकाय भन्नुहुन्छ।
यो बुटक्याम्पमा सहभागीहरूले उद्यमशीलताको सफलताको लागि आवश्यक पर्ने विभिन्न विषयहरूमा अध्ययन गर्नेछन्, जसमा मूल्य श्रृंखला रेखांकन, सञ्जाल निर्माण, उद्यमशीलता विकास, बजार विश्लेषण, जवाफदेहिता र व्यापार योजना समावेश छन्। अन्तरक्रियात्मक सत्र र व्यावहारिक कार्यशाला मार्फत, सहभागीहरूले कृषि व्यवसायमा आइपर्ने जटिलताहरू समाधान गर्ने सीप प्राप्त गर्नेछन्।

ग्रेप परियोजनाका कार्यक्रम प्रबन्धक एक्सेल बाइन्डर भन्नुहुन्छ,“यस सहकार्य मार्फत कृषि-उद्यमीहरूलाई सहयोग प्रदान गरीस्थानीय कृषिमा आधारित उद्यमशीलतालाई सुदृढ पार्ने लक्ष्य राखेका छौं। यस परियोजना मार्फत हामी कर्णालीमा उद्यमशीलतालाई प्रोत्साहन दिन र खाद्य सुरक्षा बढाउन प्रतिबद्ध छौं।”

यो बुटक्याम्प कर्णाली प्रदेशको समावेशी र दिगो विकासको प्रवर्द्धन गर्ने एक महत्वपूर्ण कदम हो । कृषकहरूलाई कृषि क्षेत्रमा उन्नति गर्नका लागि आवश्यक ज्ञान, सिप तथा प्रविधी प्रदान गर्दैस्थानीय समुदायको समृद्ध भविष्य निर्माण गर्ने लक्ष्य राखेको छ। नेपालका लागि वेल्टहंगरहिल्फेका देशीय निर्देशक साकेब नाबी भन्नुहुन्छ,“हामी स्वच्छ खाद्य र पोषण सुरक्षा मार्फत स्थानीय समुदायहरूलाई सशक्तिकरण गर्न समर्पित छौं। नवीन र परिवर्तनकारी प्रयास मार्फत समुदायको आवश्यकता र आकांक्षालाई सम्बोधन गर्ने कृषि पद्दतिमा केन्द्रित छ। यस परियोजनालेकर्णालीका स्थानीय कृषकहरूलाई मद्दत गर्ने र उनीहरूको जीवनमा सकारात्मक परिवर्तनका लागि आवश्यक सहयोग प्रदान गर्नेमा हामी विश्वस्त छौं।”
बुटक्याम्पको अन्त्यमा कृषकहरूले आफ्ना अवधारणा प्रस्तुत गर्ने र उक्त अवधारणाअनुरुपका व्यवसायिक योजना तयार गर्नसक्षम हुने विश्वास गरिएको छ। यसबाहेक, बुटक्याम्प समाप्त भएपछि पनि यी कृषकहरूलाई तीन महिनासम्म ४० जना प्रशिक्षकहरूद्वारा प्रशिक्षण प्रदान गरिनेछ।
युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडा भन्नुहुन्छ,“हामीले नवप्रवर्तन र प्रविधिमा काम गछौं । यस बुटक्याम्प मार्फत युवा कृषि-उद्यमीले सिकेका सिपको उपयोग गरी उनीहरूको समुदायमा सकारात्मक प्रभाव पार्नमा सक्षम बनाउनु हाम्रो उद्देश्य हो।”
बुटक्याम्प अघि “कृषि उद्यमशीलता १.०” शीर्षकको अनलाइन पाठ्य सामग्री विकसित गरिएको थियो, जसमा विभिन्न पाठहरु, सिकाइ सामग्रीहरू र नेपालमा कृषि-व्यवसायको आवश्यकताहरूको सामान्य परिदृश्यलाई समेटी प्रश्नावली सहित पाँच खण्डहरू समावेश गरिएका छन्। उक्तसामग्रीमा आधारित रहीश्रव्यदृश्य सामग्री उत्पादन गरीकजष्पकजथब। यचन मा सार्वजनिक रूपमा उपलब्ध गरिएको छ। भिडियो मार्फत तीन सय कृषकहरूलाई पाठशालामा आवद्ध गराइएको थियो।
साथै, परियोजना अन्तर्गत सुर्खेत र दैलेखका व्यापार मध्यस्थकर्ताहरूको लागि पनि अर्को बुटक्याम्प आयोजना गरिनेछ। यो बुटक्याम्पले आपूर्ति र बजार सम्बन्ध जस्ता पक्षहरूमा ध्यान दिदैकृषकहरू र व्यापारीहरू बीचको दरिलो सञ्जाल निर्माण गर्ने उद्देश्य राखेको छ।
त्यसैगरी, कृषकहरू र व्यापार मध्यस्थकर्ताहरुलाई आफ्ना उत्पादन तथा व्यवसायिक अवधारणाको प्रारुप प्रस्तुतीको अवसर दिनकालागि एक प्रदर्शनी आयोजना गरिनेछ। यो प्रदर्शनीले बजार अनुभव साटासाट गर्न र बलियो व्यवसयिक सञ्जाल स्थापना गर्न एक माध्यमको काम गर्ने विश्वास लिइएको छ।

थप जानकारीको लागि सम्पर्क व्यक्तिहरु: [email protected] ९८६८१०५२८६

एलिशा खड्का, परियोजना संयोजक (दैलेख); बष्किजब।पजबमपब२थयगतजष्ललयखबतष्यलबिद।यचन; ९८६८१०५२८६
उषा किरण भण्डारी, परियोजना संयोजक (सुर्खेत)[email protected];  ९८६८२२७३१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0