धनगढी। नेपाल युथ इनोभेसन ल्याबर यसका कन्सोर्टियम पार्टनरहरु रेस्टलेस डेभलपमेन्ट, क्रिएसन र सिडिएमएसले वैशाख २४, २०८१ का दिन धनगढीमा जलवायु अनुकुल विकासमा नेपाली युवा (TheYouthCAN.org)। परियोजनाको प्रादेशिक किक अफ मिटिङको आयोजना गरेका थिए । कार्यक्रमसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश र स्थानीय सरकार, सिएसओ, प्राज्ञिक, बैंकिङ तथा वित्त, महिला, अपाङ्गता भएका व्यक्ती, युवा समूहलगायत विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रमका मुख्य उद्देश्यहरू सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीतथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवराम पोखरेलद्वारा(TheYouthCAN.org) परियोजनाको शुभारम्भ र इनोभेसन ग्रान्ट २०२४ को लागि आह्वानगरिएको थियो ।
युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित (TheYouthCAN.org) परियोजनाले १५ देखि २९ वर्ष उमेर समूहका युवालाई हरित अर्थतन्त्रको क्षेत्रमा उद्यमशीलता वृद्धि गर्न र विपद् तथा जलवायुसम्बन्धी शासन र पैरवीमा संलग्न गराउने प्लेटफर्म प्रदान गरी उनीहरूलाई सशक्त बनाउने लक्ष्य राखेको छ। सन् २०२२ मा मधेश प्रदेशमा र सन् २०२३ मा कर्णाली प्रदेशमा परियोजना सफलतापूर्वक सम्पन्न भएपछि सन् २०२४ मा सुदूरपश्चिम प्रदेशमा (TheYouthCAN.org) परियोजना कार्यान्वयन गरिनेछ,यसका तीन भागहरु ः क्लाइमेट फेलोशिप,क्लाइमेट स्मार्ट उद्यमशीलता र डाटा-आधारित वकालत हुन्।(TheYouthCAN.org) परियोजनाको प्रादेशिक शुभारम्भ बैठकर नवप्रवर्तन अनुदान आह्वान २०२४को अवलोकन साथै सरोकारवालाहरु बाट सुझाब, NEEDS Nepal प्रमुख अतिथिबाट मन्तव्य व्यक्त भएको थियो।
TheYouthCAN.org परियोजनाको अवलोकनका क्रममा युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले क्लाइमेट फेलोसिप कम्पोनेन्ट लाई नौ वटा स्थानीय तहमा लागू गरिने जानकारी दिइन् । भजनी नगरपालिका (कैलाली), जोशीपुर गाउँपालिका (कैलाली), चुरे गाउँपालिका (कैलाली), जानकी गाउँपालिका (कैलाली), शुक्लाफाँटा नगरपालिका (कञ्चनपुर), दोधारा चाँदनी नगरपालिका (कञ्चनपुर), बेलडाँडी गाउँपालिका (कञ्चनपुर), आलिताल गाउँपालिका (डडेल्धुरा), र अजयमेरु गाउँपालिका (डडेल्धुरा रहेका छन् । यसका साथै सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पनि लागू हुनेछ। बिपद पोर्टलको स्थानीयकरण https://bipadportal.gov.np , र स्थानीय प्रकोप र जलवायु उत्थानशीलता योजना (एलडीसीआरपी) को तयारीलाई समर्थन गर्न यी सरकारी कार्यालयहरूमा दस प्राविधिक रूपमा दक्ष युवाहरूको एक समूह तैनाथ गरिनेछ।
नवप्रवर्तन अनुदान २०२४ का बारेमा जानकारी दिँदै अग्रिमा केसीलेजलवायुस्मार्ट उद्यमशीलताका लागि आइडिया कल जारी रहेको र यो २०८१ जेष्ठ ७ सम्म खुला रहने जानकारी दिँदै यसबाट छानिएको २० उत्कृस्ट सोच वा उद्यमहरुलेआफ्नो व्यवसायिक सोचलाईअगाडि बढाउन परामर्शदातासँग मिलेर काम गर्ने अवसर प्राप्तगर्नेरउत्कृष्ट ६ वटा हरित सोचलाईइनोभेसन ग्रान्ट रु १,२५,००० को नवप्रवर्तन अनुदान प्राप्त हुने जानकारी दीईन ।साथै यो आह्वानमा सहभागिता हुन अनलाईन फारम https://theyouthcan.org/climate-smart-entrepreneurship भर्न सकिने बताउदै कर्णाली प्रदेशका युवा तथा युवा व्यवसायीलाई आह्वानमा सहभागी हुन आमन्त्रण गर्नुभयो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिवराम पोखरेलले परियोजनाको औपचारिक शुभारम्भ गर्नु भएको थियो र प्रमुख अतिथिको मन्तव्य दिदैसचिवशिवराम पोखरेललेवातावरण तथा जलवायु संरक्षणमा युवाहरुको भूमिका अपरिहार्य रहेको बताएका छन्। जलवायु परिवर्तन र त्यसको असर जस्ता महत्वपूर्ण विषयहरूलाई प्रकाश पारे। विभिन्न सरोकारवालाहरुको समन्वय र सहकार्य आवश्यक छ। आउटपुट इनपुटको अनुपातमा हुनुपर्छ। सरोकारवाला र स्थानीय सरकारको समन्वयमा परियोजनाको परिणाम वृद्धि गर्न सकिन्छ।
विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन कार्य सुशासन, हरित उद्यमशीलता र डाटा-संचालित एड्भोकेसीमा युवासंलग्नता बढाउन साझेदारीमा केन्द्रित विश्व क्याफे छलफल आयोजित गरिएको थियो ।
विशेष टिप्पणी दिदै Needs Nepal का कार्यकारी निर्देशक भव राज रेग्मीले भने समाज रूपान्तरणमा हामी सबैको सामूहिक जिम्मेवारी हो । सरकारभित्र बृहत् मूल्यचक्र नभएकोमा जोड दिँदै कमजोर सुशासनको विषयमा ध्यानाकर्षण गराए । थप रूपमा उद्यमशीलता व्यवस्थापनमा कमीकमजोरी औंल्याए, एन्टी–डम्पिङ अभ्यासहरू सम्बोधन गर्न, प्रमाणमा आधारित अनुसन्धान सञ्चालन गर्न र वकालत प्रयासहरूमा संलग्न हुनु पर्ने आवश्यकतामा जोड दिए। सरकार र विकास क्षेत्रबीचको सहकार्यको महत्वलाई जोड दिँदै धनगढीमा रोजगार मञ्च स्थापना गर्नुपर्नेमा जोड दिए ।CREASION का कार्यसमिति सदस्य भुवनकेसीले समापन मन्तव्य व्यक्त गरे ।
परियोजनाको बारे
वातावरण तथा जलवायु अनुकूल विकासमा नेपाली युवा परियोजनाको नेतृत्व युथ इनोभेसन ल्याबले युरोपेली संघको आर्थिक सहयोग तथा रेस्टलेस डेभलपमेन्ट, क्रिएशन र सिडिएमएस सँगको सहकार्यमा गरेको छ । यस परियोजनाले विपद् र जलवायु शासन, उद्यमशीलता एवं पैरवीमा संलग्नता मार्फत नेपालको कोभिड-१९ पश्चातको पुनरूत्थानका लागि जलवायु कार्य र हरित अर्थत व्यवस्थामा नेपाली युवाहरूको समावेशीतालाई प्रवर्धन गर्दछ। यसले कोभिड-१९ पश्चातको पुनरूत्थान र विकास प्रक्रियामा युवाहरूसँग मिलेर काम गर्ने र सो कार्यमा सहयोग गर्ने वातावरण मिलाउन उनीहरूलाई एउटा मञ्च उपलब्ध गराउन आफ्नो ध्यान केन्द्रित गरेको छ। यसबाहेक, क्लाइमेटफेलोशिपको नेतृत्व, जलवायुमैत्री उद्यमशीलताको नेतृत्व, मेन्टी-मेन्टरशिप, डिजिटल एड्भोकेसी र युव साउन्डिङ बोर्ड अन्तर्गतका क्रियाकलापरूले युवाहरूलाई सशक्तिकरण गर्न, रोजगारीका अवसरहरू प्रदान गर्न, जलवायु र वातावरणीय समस्या सम्बोधनका लागि नवीन विचारहरू सिर्जना गर्न र वातावरणीय संरक्षणको प्रवर्धन गर्न नीतिगत परिवर्तनको पैरवी गर्दछन् ।
जलवायु स्मार्ट उद्यमशीलताबारे
जलवायु परिवर्तनको प्रभावले भौतिक वातावरण, इकोसिस्टम र मानव समाजमा पर्ने असरहरू फैलिएको हुन्छ । जलवायु परिवर्तनका कारण मानव जातिले सामना गरिरहेका खतरापूर्ण अनिश्चितताभित्र नवप्रवर्तन, उद्यमशीलता र लगानीका लागि प्रचुर अवसरहरू छन् । यदि हामीले जलवायु–उत्थानशील कार्यहरूद्वारा यी चुनौतीहरूको सामना गर्न सक्योँ भने, जलवायु-स्मार्ट उद्यमशीलता दिगो हुने मात्र नभई यसले आर्थिक पुनरुत्थानमा पनि मद्दत गर्न सक्छ ।
जलवायु उद्यमीहरू परिवर्तनका संवाहक हुन् जसले तत्काल जलवायु र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्ने तरिकाको रूपमा उद्यमहरूको सिर्जनालाई देख्छन् । जलवायु परिवर्तनसँग लड्न सन् २०३० का लागि तय गरिएका दिगो विकास लक्ष्यहरू प्राप्त गर्न जलवायु उद्यमीहरूले उत्प्रेरण प्रदान गर्न सक्छन्। व्यवसायको निर्माणमा लागेका जलवायु उद्यमीहरूको ध्यान उद्यमको वृद्धिमा मात्र नभई हरियाली र अधिक दिगो पारिस्थितिकी प्रणालीलाई सक्षम बनाउनमा पनि केन्द्रित हुन्छ । जलवायु र वातावरण उद्यमीहरू संलग्न हुने केही साझा क्षेत्रहरू चक्रीय अर्थव्यवस्था, फोहोर व्यवस्थापन, नवीकरणीय ऊर्जा, दिगो कृषि, र दिगो वन व्यवस्थापन हुन् ।
तसर्थ, जलवायु परिवर्तनको वास्तविकता अन्तर्गत उद्यमशीलता विकासलाई रूपान्तरण र पुनः अभिमुखीकरण गर्ने आविष्कारकहरू, विचारधाराहरू र उद्यमीहरूको लागि जलवायु स्मार्ट उद्यमशीलता एउटा प्लेटफर्म हो । यो एक सहयोगी ठाउँ हो जहाँ वातावरणीय र मौसमी चिन्ताहरूलाई सम्बोधन गर्न युवाहरू कटिबद्ध छन् जसले नवीन र दिगो समाधानहरू सह-सिर्जना गर्दछ । जलवायु स्मार्ट उद्यमशीलता मार्फत, परियोजनाले युवाहरूका लागि नवीन, रचनात्मक ठाउँ र सल्लाह दिने अवसरहरू प्रदान गर्ने लक्ष्य राखेको छ जहाँ उनीहरूले आफ्नो समुदायका सबैभन्दा महत्वपूर्ण चुनौतीहरूलाई सम्बोधन गर्न, समुदायको लचिलोपन बढाउन र दिगोपनतर्फ निर्देशित गर्न नवीन समाधानहरू फेला पार्न सक्छन्।
चार वर्षे यो परियोजनो पहिलो वर्ष मधेश प्रदेशमा र दोस्रो वर्ष कर्णाली प्रदेशमा सम्पन्न भएको छ। मधेस र कर्णाली प्रदेशबाट सिकेको सिकाइलाई तेस्रो वर्ष सुदूरपश्चिममा र अन्तिम वर्ष मधेसमा लागू गरिनेछ।