सुर्खेत। सुर्खेतको राजधानी वीरेन्द्रनगरमा संचालन हुन लागेको तेश्रो कर्णाली एक्सपो २०८० संचालन गर्नकालागि उच्च अदालत सुर्खेत बाटो खोलिदिएको छ। उच्च अदालतका मुख्य न्यायाधीश लोहित चन्द्र शाह र न्यायाधीश खड्क बहादुर केसीको संयुक्त इजलासले कानुनबमोजिम एक्सपो सञ्चालनको कार्य गर्न आदेश दिएको हो।

यही फागुन १२ गते उच्च अदालत सुर्खेतमा रिट परेपछी उच्च अदालतले महोत्सव नगर्न अन्तरिम आदेश जारी गरे सँग महोत्सव स्थगित भएको थियो।

यसैवीच आज अदालतले ‘तेस्रो कर्णाली एक्सपो २०८० फागुन १४ देखि २२ गतेसम्म सञ्चालन हुने स्थल खेलमैदान, मेला र महोत्सव गर्ने भन्ने रहेको र बालमन्दिर विद्यालयको पठन पाठन सकिएर मिति चैत १ गतेदेखि परीक्षा सञ्चालन हुने भन्ने देखिँदा यस अदालतबाट मिति भएको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन। कानुन बमोजिम गर्नू।’ आदेशमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0