सुर्खेत। रूकुम पश्चिमस्थित सोती घटनाको मुद्दामा आइतबारदेखि सुनुवाइ सुरू भएको छ। साढे तीन वर्षअघि २०७८ जेठ १० गते ६ जनाको हत्या भएको घटनाको आजदेखि सुनुवाइ सुरू भएको हो।
रूकुम जिल्ला अदालत (रूकुम पश्चिम) का न्यायाधीश डा. खड्कबहादुर केसीको इजलासमा आइतबारदेखि सुनुवाइ हुँदैछ।
आज पीडित (जाहेरवाला) को तर्फबाट सरकारी वकिलहरूले बहस गर्ने क्रम चलिरहेको रूकुम जिल्ला अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए।
यो पटकको सुनुवाइ फैसला केन्द्रित भएकाले केही दिनमा घटनाको अदालती फैसला आउन सक्ने उनले बताए।
साढे तीन वर्षअघि २०७८ जेठ १० गते अन्तरजातीय विवाहको विषय बनाएर जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1