काठमाडौं। काठमाडौंमा बिहीबार बिहानको राती भूकम्पको धक्का महसुस भएको छ। निद्रामा सुतिरहेका मानिसहरू घर बाहिरसम्म हल्ला गर्दै निस्केका देखिन्थे।

रातको करिब १ बजेर १९ मिनेटको समयमा भूकम्पको धक्का काठमाडौंको उपत्यकामा गरिएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीका अनुसार ४.५ म्यागनिच्युटको भूकम्प गएको छ।  मकवानपुर जिल्लाको चित्लाङ आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएर यो भूकम्प गएको हो।

चित्लाङ आसपासको केन्द्रबिन्दू भएर गएको यो भूकम्पको  धक्का काठमाडौं उपत्यकामा समेत महसुस गराएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0