काठमाण्डौल। नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको छ।  प्राधिकरणले हिजो एक विज्ञप्ति निकालेर निर्देशनको पालना नगरे कारबाही हुने चेतावनी दिएको छ।

प्राधिकरणले निर्देशनको पालना नगरे दूरसञ्चार ऐन,२०५३ अनुसार कारबाही हुने उल्लेख गरेको छ। मन्त्रिपरिषद्को अस्ति बसेको बैठकले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिग्रने वातावरण बनेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0