सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्दीय सदस्य रमेश प्रसाई कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका छन्। पार्टीको दस्तावेज लेखन सुरु भईरहेका बेला “जन आवास सुन्ने पहिलो चरणको कार्यक्रम” अन्तर्गत केन्द्रीय सदस्य प्रसाईं बुधवार सुर्खेत पुगेका हुन्।

असोज ३-७ गते सम्म देशै भरि सञ्चालन हुने उक्त कार्यक्रममा पार्टीका प्रतिनिधिलाई विभिन्न जिल्लामा खटाईएको छ। कर्णाली प्रदेशका १० जिल्ला मध्ये सुर्खेतको लागि केन्द्रीय सदस्य प्रसाईं र कालिकोटको लागि पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई जिम्मेवारी दिईएको र वाकी ८ जिल्लामा कसैलाई पनि जिम्मेवारी नदिएको रास्वपा कर्णाली प्रदेश सभापति धिरज ओलीले बताए।

उनका अनुसार सुर्खेतको पश्चिमी क्षेत्रबाट सुरु हुने जन आवाज सुन्ने कार्यक्रमका लागि केन्द्रीय सदस्य प्रसाईं सहितको टिम त्यता प्रस्थान गरेका छन्। साथै पश्चिम सुर्खेतका जनताका समस्या, गुनासो, सुझाव र सल्लाह सुनाउन वा दिन चाहनुहुन्छ भने आ-आफ्नो टोलमा भेला भएर बसिदिनका लागि आग्रह समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0