काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदै छ।

उनले काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका छन्। पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0