बिहीबार रेकर्ड राखेको सुनको मूल्य शुक्रबार भने प्रतितोला ८ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँमा भइरहेको छ।

बिहीबार १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। जुन नेपालमा अहिलेसम्मकै उच्च मूलय थियो।

शुक्रबार तेजावी सुनको कारोबार प्रतितोला १ लाख १२ हजार २५० रुपैयाँमा भइरहेको छ।

चाँदीको कारोबार १४ सय ८० रुपैयाँमा भइरहेको छ। शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ कम हो।

नयाँ आर्थिक वर्ष सुरु भएयता लगातार बढिरहेको सुन चाँदीको मूल्यमा शुक्रबार ब्रेक लागेको हो। सरकारले यस आवबाट सुनका गहनामा विलासिता कर थप गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0