काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । ती विधेयकमा विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० छन्।

सङ्घीय संसदबाट पारित भई नेपालको संविधान अनुसार प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकलाई प्रमाणीकरण गर्नुभएको जानकारी प्रवक्ता शैलजा रेग्मी भट्टराईले दिनुभयो।

यी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि साउन १ गतेबाट नयाँ आर्थिक वर्षको बजेटबाट खर्च गर्नका लागि बाटो खुलेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0