सुर्खेत। नेपाली नारीहरुकाे महान चाड हरितालिका विशेष तिज गित सार्वजनिक भएकाे छ। गितकार कुमार कार्कीको रचना तथा कविराज गिरीको संगित रहेको उक्त गित श्रीनाथ फिल्मस् को ब्यानरमा निर्माण भएकाे हाे।
कृपा एण्ड कृतिका प्रोडक्सनकाे सहकार्यमा निर्मित तिज कोशेली माईतिको सम्झना A1 ENTERTAINMENT युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ। हुन्दु नारीहरुको महान पर्व तिजलाई बिशेष गरि गित मार्फत माईतिलाई सम्झने, पिर ब्यथा भुलाएर रमाईलो गरिने पर्व हो।
बदलिदो समयसंगै तिजको मुल संकृती हराउदै गएकाले यस बर्ष मौलिक तिज गित बजारमा ल्याएको गितकार कार्कीकाे भनाई छ। गितमा स्वर सुर्खेती चेली टिका पुनको रहेको छ भने अभिनय चर्चित मोडल आरुसी मगरले गरेकी छन्। गितको म्यूजिक भिडियोमा स्थानीय मौलिकतालाई बिशेष ध्यान पुर्याइएको निर्देशक निर्मल प्याकुरेलकाे भनाई छ।
गितकाे नृत्य निर्देशन चन्द्र मन्दिरको रहेको छ भने सहनृत्य निर्देशन पवनकुमार योगीले गरेका छन् । सुर्खेतमा छायांकन गरिएकाे म्युजिक भिडियाे अर्जुन सापकोटाले खिचेका छन्, भने सम्पादन तथा कलर ग्रेडिङ्ग निर्देशक निर्मल प्याकुरेलले गरेका छन्।