सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको तापक्रम ३९.४ डिग्री मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार अझै केही दिन गर्मी बढ्ने र तपक्रम पनि बढ्ने सम्भावना छ।
वीरेन्द्रनगरको न्युनतम तापक्रम २३.३ डिग्री छ। पश्चिम नेपालमा अझै पाँच दिनसम्म वर्षात हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झा बताउँछन्।
२०६९ जेठ ३२ गते वीरेन्द्रनगरकाे तापक्रम ४२.८ डिग्रीसम्म पुगेकाे थियाे भने २०७१ साउन ३० गते सुर्खेतमा ४२३.१ मिलिमिटर वर्षा भएकाे रेकर्ड माैसम पूर्वानुमान महाशाखासँग रहेकाे छ ।
‘पहाडी र हिमाली क्षेत्रका केही स्थानमा दिउँसोपछि चट्याङ्गसहित हल्का वर्षात हुनसक्छ,’ मौसविद् झा भन्छन्, ‘सुर्खेत आसपास र तराईमा अझै वर्षातको सम्भावना नरहेकाले केही समय गर्मी अझै बढ्न सक्छ ।’
नेपालको पूर्वी क्षेत्रमध्य पश्चिम नेपालमा अझै गर्मी बढ्ने सम्भावना बढी रहेको मौसमविदहरुले बताएका छन् । यस्तै, जुम्लाको अधिकतम तापक्रम २७.४ डिग्रीहुँदा न्यूनतम तापक्रम ९ डिग्री रहेको छ ।
जुम्लामा ०.२ मिलिमिटर वर्षा भएको छ । नेपालगञ्जमा ४०.८, धनगढीमा ४०.६, दिपायलमा ३९.५, डडेलधुरामा २९.२ र घोराहीमा ३७.५ डिग्री तापक्रम मापन भएको छ ।