कालिकोट। कालिकोटको रास्कोट नगरपालिका वडा न २ सेरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको वोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
घटनामा परी रास्कोट १ का वर्ष ४३ का मनबहादुर साही र उहाँको श्रीमती मन कुमारी शाहीको मृत्यु भयको छ। प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको र गाडी सात सय मिटर तल खोलामा खसेका कारणले अन्य जानकारी आउने क्रममा रहेको जनाएको छ।
इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ। स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा गएको हो। घाइते महिलाको अवस्था चिन्ताजनक रहेको छ। घाइतेलाई उपचारका लागि रास्काेट अस्पताल लगिएको छ। हेलिकप्टरबाट घाइतेको उद्धार गरी उपचार गर्ने प्रयास भए पनि आर्थिक अभावका कारण समस्या भएको परिवारले बताएका छन्।