काठमाडौं। त्रिभुवन विमास्थलबाट उडेको फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार इन्जिनमा समस्या भएको जहाज दुर्घटनाबाट जोगिएको हो। अर्को इन्जिनले काम गरेपछि अहिले जहाज गन्तव्यतर्फ गएको उहाँको भनाइ छ।

प्रवक्ता निरौलाले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘‘उड्ने बित्तिकै इन्जिनमा समस्या देखिएको हो। अहिले सामान्य अवस्थामा फ्लाइ दुबईको जहाज गन्तव्यतर्फ गइसकेको छ ।’’

जहाजको इन्जिनमा समस्या हुँदा काठमाडौंको आकासमा ठूलो आवाजसहित आगो देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0