बुटवल। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
आयोगका प्रवक्ता रामकृष्ण अधिकारीले गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, गाउँपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर यादव र विचौलिया विनोद भरले ५० हजार रुपियाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।
प्रवक्ता अधिकारीले नदीजन्य पदार्थ उत्खनन् सम्बन्धमा घुस माग गरेको उजुरीको आधारमा उनीहरुलाई घुससहित नियन्त्रणमा लिइएको पुष्टि गर्नुभयो ।
पक्राउ परेका तीनजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ।
साभार : गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1