सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चैत्र ३ गतेका लागि तोकिएको निर्वाचन स्थगित भएको छ। मंगलबार विश्वविद्यालय अन्तर्गतको (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।
उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको छ । चैत्र ८ गते दुबै पक्षलाइ ऊच्च अदालत सुर्खेतमा उपस्थित हुनुपर्ने आदेश जारि गरेको छ।
‘स्कुल अफ मेनेजमेन्ट’(मुसोम) मा अध्ययनरत ३ जना विद्यार्थीले मध्यपश्चिम विश्वविद्यालय लगायत पाँचवटा कार्यालका विरुद्ध उच्चद अदालत सुर्खेतमा रिट दायर गरेका थिए। उक्त रिटमाथी आज उच्च अदालत सुर्खेतले चैत ८ गतेसम्मका लागि अल्पकालीन आदेश जारी गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1