काठमाडौं। चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचन प्रयोजनका लागि १८ राजनीतिक दल दर्ता भएका छन्। मङ्गलबार सम्म उपनिर्वाचनका लागि १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रिक्त रहेको चितवन २ मा उपनिर्वाचन हुन लागेको हो।

दल दर्ता गर्ने राजनीतिक दलमा नेपाल मजदुर किसान पार्टी, मङ्गोल नेसनल अर्गनाएजेशन, राष्ट्रिय नागरिक पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ।

साथै, नेकपा (माओवादी समाजवादी), नागरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी, नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल, नेपाली कांग्रेस (बीपी), राष्ट्रिय प्रजातन्त्र पार्टी  र जय जन्मभूमि पार्टी, नेपालले दल दर्ता गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0