काठमाडौं। नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ। यो पर्व भोलि मङ्गलबार विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।

यसै उपलक्ष्यमा साेमबार बौद्ध धर्म गुरु र धर्मावलम्बीहरु ग्याल्बो ल्होसारको अवसरमा सोमबार बौद्धस्थित सेतो गुम्बा साङ्ग पूजामा सहभागी हुनुभयो। साङ्ग पूजामा विशेष गरी अग्नि, वायु, जललगायतको पूजा गरिन्छ र वर्षभरिको ग्रहदशा काट्ने काम पनि गरिन्छ।

यस पर्वको अवसरमा शेर्पा  समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतहरूको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यहरूमा नयाँ ध्वजाहरू राख्ने, गुथुक र खाप्से जस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने  परम्परा रहेको छ। त्यसै अवसरलाई दृष्टिगत गरी बौद्ध स्तूपलाई रङ्गरोगन गरी चिटिक्क पारिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0