सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल संस्कृत विश्वविद्यालयलाई बढीभन्दा बढी विद्यार्थीले अध्ययन गर्ने थलो बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठको उद्घाटन कार्यक्रममा आज यहाँ मन्त्री शर्माले सो कुरा बताउनुभएको हो । पछिल्लो समय पूर्वीय दर्शनमा पश्चिमा राष्ट्रका नागरिकले समेत पठनपाठनमा विशेष ध्यान दिएकाले अन्तर्राष्ट्रिय रुपमा विकास गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो ।

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले संस्कृत विश्वविद्यालयले प्राविधिक ज्ञान अभ्यास झल्किने गरेर ऋषिमुनिका आचरण, व्यवहार प्रस्तुत गर्नेखालका कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

विश्वविद्यालय सभा सदस्यसमेत रहनुभएकी मन्त्री शर्माले विश्वविद्यालयलाई थप विकसित तुल्याउन कार्यदल बनाएरै अघि बढ्नुपर्ने चर्चा गर्नुभयो । उहाँले कोरोना सङ्क्रमणकालमा आयुर्वेद शिक्षण भवनबाट अस्पतालले दिएको सेवाबाट सयौं नागरिकको जीवन सुरक्षित बनेको धारणा राख्नुभयो ।

पछिल्लो समय नागरिकमा योग, संस्कृत अध्ययन अनुसन्धानका लागि चासो व्यक्त भएकाले त्यसलाई विश्वविद्यालयले पाठ्यक्रममा समेत लागू गर्नुपर्ने उहाँको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0