काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई बालबालिकाको चिन्ह्र अङ्कित आयोडिनयुक्त नुन खान आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले दुई बालबालिका अङ्कित आयोडिन भएको नुन सेवन गर्न आग्रह गरिएको बताउनुभएको हो ।

डा. अधिकारीका अनुसार ढिके वा खुल्ला रूपमा बिक्री वितरण गरिने मानिसको शरीरलाई दैनिक रूपमा आवश्यक पर्ने आयोडिनको मात्रा नहुन सक्छ ।
पर्याप्त मात्रामा आयोडिन नपाउँदा गलगाँड आउने, गर्भावस्थामा समस्या देखिने, गर्भ तुहिने वा मृत शिशु जन्मने हुन सक्छ, मानसिक र बौद्धिक क्षमतामा कमी आउने, दिमाग राम्रोसँग विकास नभई शिशु जन्मने, सुस्त मनस्थिति हुने, काम गर्न सक्ने क्षमतामा कमी आउने र आलस्यपन आउने उहाँको भनाइ छ ।
पोषणविद् प्रा.डा. उमा कोइरालाका अनुसार आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सु पोषण तत्त्व हो । यसले थाइरोइड ग्रन्थिबाट थाइरोइड हर्मोनहरु निकाल्न मद्दत गर्दछ ।

शरीरको नियमित क्रियाका लागि जस्तै कोशिकाहरूको कार्य सुचारु राख्न, दिमागको वृद्धि र विकास गर्न जस्ता मुख्य मुख्य काममा आयोडिनले सहयोग गर्ने पोषणविद् कोइराला बताउनुहुन्छ ।

उहाँका अनुसार शारीरिक र मानसिक विकासका लागि चाहिने हर्मोन उत्पादनका लागि पनि आयोडिनको आवश्यकता पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0