सुर्खेत। दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षमन गुरूङको निधन भएको छ। शुक्रबार दिउँसो करिब १२ बजेको समयमा अध्यक्ष गुरूङको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
दैलेख जिल्लामा रहेको मेडिकलमा उपचार गरेर घर फर्केका अध्यक्ष गुरूङलाई सन्चो नभएपछि थप उपचारको लागि जिल्ला अस्पतालमा आएका थिए।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा काम लागि जाने क्रममा एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उनलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको थियो । उनी ७५ बर्षका हुन् । स्रोतका अनुसार अध्यक्ष गुरूङलाई पहिलादेखि नै प्रेसरका बिरामी थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1