काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्यमान बजेट र कानुनभित्रबाट गर्न सकिने सुधारका कार्यक्रम एक साताभित्र पेस गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। चालु आवको दोस्रो त्रैमासिक/अर्धवार्षिक समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सञ्चारमन्त्री रेखा शर्माले आगामी फागुन ५ गतेभित्र ती कार्यक्रम पेस गर्न निर्देशन दिनुभयो।

वर्तमान सरकार गठन भएपछि जनताले ठूलो आशा र अपेक्षा गरेको जनाउँदै उहाँले जनचाहना पूरा गर्ने योजना बनाउन आग्रह गर्नुभयो । यसअघि मन्त्रालयसमक्ष गरेका प्रतिबद्धता समयमै पूरा गर्नेतर्फ मातहत निकायका प्रमुखको ध्यानाकर्षण गराउँदै उहाँले स-साना विषयलाई तत्काल सम्बोधन गरेर जनतामा आशा जगाउन सकिने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0