मुक्तक!
हाँस्न दिए न हसाँउन, पापी दुनियाँले;
थाप्छ जालाे फसाँउन, पापी दुनियाँले।
बाँदर भन्दा कम मानव पनि छैनन्;
दिन्न घर सजाउन, पापी दुनियाँले।
नजर लाग्छ हाम्राे त हर एक प्रगतिमा;
खाेज्छ सधैँ खसाउन, पापी दुनियाँले।
सुन्दर मेराे सपना सुखी जीवनकाे;
पार्याे सुख दबाउन, पापी दुनियाँले।
माया र करूणामा संसार अडेकाे छ;
ताक्छ धृणा बढाउन, पापी दुनियाँले।
मुक्तक लेखक: चन्द्रा कुमारी भट्टराई (सहकर्मी समाजको तालिममा बस्दै गर्दा सिर्जना गर्नुभएको हो।)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1