बेरुत। टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र त्यसपछि गएका सयौं परकम्पकका कारण मर्नेको सङ्ख्या निरन्तर बढ्दो छ । अलजजीराले प्रकाशन गरेको पछिल्लो विवरणमा मर्नेको सङ्ख्या टर्की र सिरियामा गरी एक हजार नौ सय नाघेको छ।
यो समाचार तयार गर्दासम्म एक हजार नौ सय चारजनाको मृत्यु भएको छ। टर्कीमा मृत्यु हुनेको संख्या एक हजार १२१ पुगेको जानकारी त्यहाँको विपद् र आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले जनाएको छ।
भूकम्पले कम्तीमा सात हजार ६३४ जना घाइते भएको एएफएडीले जनाएको छ भने दुई हजार ८३४ भवन ध्वस्त भएका छन्। भग्नावशेष परेका मानिसको उद्धार गर्ने कार्य जारी छ।
उता सिरियामा ७८३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ। बीबीसी–अलजजीरा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1