सुर्खेत। बिहिवार वीरेन्द्रनगर नगरपालिकाका उपमेयर निलकन्ठ खनाल द्वारा “सशक्तिकरण र सामाजिक रुपान्तरणका लागि सहजीकरण आधारभूत तालिमको उद्घाटन भएको छ।

“रुपान्तरण सबैमा आउन जरुरी छ। सीप भयो भने सदैव रहन्छ तर रुप क्षेणीक समयको लागि मात्र हो। दक्ष जनशक्तिको निर्माण साथै समाजका बिकृतीको अन्त्य होस्” भन्दै उपमेयर निलकन्ठ खनालले शुभकामना दिनुभयो।
उक्त तालिम १२ दिन अर्थात २०७९ माघ १९ देखि फागुन १ गते सम्म सञ्चालन हुने छ भने  वीरेन्द्रनगरबाट ३२ जना प्रशिक्षार्थी सहभागी रहेका छन्।

दि एशिया फाण्डेशनको आर्थिक सहयोग र वीरेन्द्रनगर नगरपालिका, सुर्खेतको सहकार्यमा सहकर्मी समाजले सञ्चालन गरेको हो।

सहभागीहरूलाई बिहिवार बाट सहकर्मी समाजको केन्द्रिय कार्यलय, कोहलपुर -१०, बाँकेमा तालीम दिन लागिएको हो।
तालिमले एउटा व्यक्तिका लागि आवस्यक ब्यबहारिक ज्ञान साथै सीप बिकास गर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
2
+1
0
+1
0