सुर्खेत। वीरेन्द्रनगर नरगपालिका-३ गण्डकी लाइनमा लागु औषध ब्राउन सुगर सहित एकजना महिलालाई प्रहरीले प्रकाउ गरेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण व्युरो शाखाले गण्डकी लाइन स्थित हिरा बैगारको घरमा लागुऔषध कारोवार भैरहेको भन्ने सुचनामा माइती घर आएकी २८ वर्षीया मालती बैगारलाई प्रकाउ गरको हो।

उनीबाट ४४० मिलिगा्रम लागुऔषध, ८४ हजार १ सय रुपैँया र २ वटा टर्च मोवाइल बरामत गरेको छ। बैगारलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0