सुर्खेत। वीरेन्द्रनगरको एरीचोकमा सुजुकी कम्पनीको सोरुम सञ्चालनमा आएको छ। वीरेन्द्रनगर नगरपालिका ५ चिसापनी घर भएका प्रभात पोख्रेलले सुजुकी कम्पनीको सोरुम गुरु अटो मोवाईल्स सञ्चालनमा ल्याएका हुन्। विहिवार पोख्रेलका वुवा आमाले उक्त सोरुमको रिवन काटेर उद्घाटन गरेका हुन।

विगत ९/१० वर्षदेखि कपडा, रेष्टुरेन्ट लगायतका विभिन्न व्यवसायमा अनुभव संगालेका पोख्रेलले आफु यातायात क्षेत्रमा पहिलादेखि भएको तर वीरेन्द्रनगरमा अटो मोबाईल्सको कारोबार पहिलो पटक गरेको बताए। उनले गुरु अटो मोबाईल्स कर्णाली प्रदेशकै आधिकारीक विक्रेता भएकोे जानकारी दिए।

दुई करोड ५० लाख लगानीमा सञ्चालन गरीएको सोरुममा बिक्रीका लागि सुजुकी कम्पनीका विभिन्न बाईक र स्कुटी राखिएका छन्। अटो माबाईल्स सञ्चालनमा ल्याएको तीनदिन भएता पनि सोरुमको आधिकारीक रुपमा उद्घाटन भने आज विहिवार गरीएको हो।

कार्यक्रममा मोटरसाईकल र स्कुटी खरीद गर्ने ग्राहकलाई खादा तथा विभिन्न मिष्ठान्न फलफुल खुवाएर सम्मान गरीएको थियो। गुरु अटो माबाईल्सका सञ्चालक पोख्रेलले तीन दिनमा ६ वटा स्कुटी र ४ वटा वाईकहरु विक्री भईसकेको जानकारी दिए। उद्घाटन कार्यक्रममा विभिन्न संघसस्थाका कर्मचारी, व्यापारी, पत्रकार विद्यार्थीहरु लगायत अन्य व्यक्ति पनि सहभागि भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0