बैतडी। बैतडीमा मङ्गलबार दिउँसो भूकम्प गएको छ। मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका मुकुन्द भट्टराईले जानकारी दिनुभयो।

उहाँका अनुसार बाजुरा जिल्लाको मदनामेला केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का बैतडी र बाजुरासँगै सुदूरपश्चिम प्रदेशका जिल्लामा महसुस गरिएको छ। क्षतिको विवरण भने आइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0